दफा ५५
ढाँटी छली नियुक्त भएको कसुर
देहायका कुनै कार्य गरेमा ढाँटी छली नियुक्त भएको कसुर गरेको मानिनेछ ः-
(क) आपू कार्यरत रहेको चमु वा विभागबाट नियमित प्रक्रियाबाट कार्यभार मुक्त नभई वा नियुक्तिको निमित्त आवश्यक शर्त पूरा नगरी आपू अघि कार्यरत रहेको चमु वा विभागभन्दा अर्को चमु वा विभागमा नियुक्त भएमा,
(ख) कुनै व्यक्ति नेपाली सेनाको कुनै अङ्गमा नियुक्त हुँदा निजले यस ऐनबमोजिम कसुर गरेको मानिने अवस्था छ भन्ने जानकारी हुँदाहुँदै वा विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण हुँदाहुँदै त्यस्तो व्यक्तिलाई नेपाली सेनाको कुनै अङ्गमा नियुक्ति गराउने काममा संलग्न भएमा,
(ग) भर्नाको आवेदन फाराममा जानी जानी भूठ्ठा विवरण दिएको भन्ने तथ्य सावित हुन आएमा,
(घ) भर्ना, बढुवा तथा तालिम लगायत सेवाका अन्य प्रयोजनको लागि कीर्ते वा नक्कली प्रमाणपत्र पेश गरेमा ।